Thursday, February 5, 2026
Homeअर्थविनिमय१ रुपैयाँ ७३ पैसा घट्यो अमेरिकी डलरको भाउ, युरो र स्टर्लिङको मूल्य...

१ रुपैयाँ ७३ पैसा घट्यो अमेरिकी डलरको भाउ, युरो र स्टर्लिङको मूल्य पनि लाग्यो ओरालो

विराटचोकः आज अमेरिकी डलरका साथै युरो र स्टर्लिङको भाउ पनि घटेको छ । अमेरिकी डलरको भाउ १ रुपैयाँ ७३ पैसा घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा निर्धारण भएको छ ।

पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ७३ पैसा, स्वीस फ्य्राङ्क एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११३ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २१ पैसा र बिक्रीदर ९ रुपैयाँ २५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८० पैसा र बिक्रीदर २० रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९१ पैसा र बिक्रीदर नौ रुपैयाँ ९५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा रहेको छ ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments