Sunday, March 22, 2026
Homeअर्थशेयरझिनो अङ्कले घटेको शेयर बजारमा ४ कम्पनीको शेयरमूल्य बढ्यो १० प्रतिशत

झिनो अङ्कले घटेको शेयर बजारमा ४ कम्पनीको शेयरमूल्य बढ्यो १० प्रतिशत

विराटचोकः साताको चौथो कारोबार दिन आज नेपाली शेयर बजारमा झिनो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०६ प्रतिशत अर्थात् १ दशमलव ६४ अङ्कले घटेर २ हजार ६८१.५० विन्दुमा अडिएको छ । बजार घटे पनि ४ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशत र अरु २ वटा कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।

आज कालिञ्चोक दर्शन, सुपरमाई हाईड्रो, सुपर मादी हाईड्रो र आँखुखोला जलविद्युतको शेयरमूल्य १० प्रतिशत बढेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७ प्रतिशत र विन्ध्यवासिनी हाईड्रोको शेयरमूल्य ६.२६ प्रतिशतले बढ्दा अन्य कम्पनीको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा कम बढेको छ ।

आज रावा इनर्जीको शेयरमूल्य सर्वाधिक अर्थात् ४.१३ प्रतिशतले घटेको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३२६ वटा कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता शेयर ८० हजार ४२२ पटक किनबेच हुँदा ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ रुपैयाँको शेयर कारोबार भएको छ । कारोबार रकम पनि हिजोको भन्दा कम भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाउँदा वित्त समूह सर्वाधिक ०.९३ प्रतिशतले बढेको छ । विकास बैंक समूह ०.१० प्रतिशत, होटल ०.१८, जलविद्युत ०.३८, लगानी ०.०८, निर्जीवन बीमा ०.१३ र व्यापार ०.४९ प्रतिशतले बढेका छन् ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् ०.५३ प्रतिशतले घट्दा बैंकिङ समूह ०.३२ प्रतिशत, जीवन बीमा ०.१३, लघुवित्त ०.३०, सामुहिक लगानी कोष ०.२८ र अन्य ०.३१ प्रतिशतले घटेका छन् ।

आज पनि आँखुखोला जलविद्युतको सर्वाधिक शेयर कारोबार भएको छ । सो कम्पनीको ८० करोड ७७ हजार ४०५ रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानल, राधी विद्युत्, श्रीनगर एग्रीटेक र बन्दीपुर केबलकार उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब २ अर्ब ३० करोड ९२ लाख ६७ हजार ७८८ रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments