Wednesday, February 4, 2026
Homeसमाचारइन्द्रपुर जेसीजको आयोजनामा शाखा पदाधिकारी तालिम सम्पन्न

इन्द्रपुर जेसीजको आयोजनामा शाखा पदाधिकारी तालिम सम्पन्न

विराटचोकः इन्द्रपुर जेसीजको आयोजनामा शाखा पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको शाखा पदाधिकारी तालिम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णबाबु ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । तालिम सत्रलाई नेपाल जेसीजका प्रशिक्षक प्रदीप बिष्टले प्रमुख प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो ।

इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रभा ढकालले गर्नुभएको थियो । झमक कार्कीेले संयोजन गर्नुभएको तालिममा ४० जना शाखा पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा इन्द्रपुर जेसीजका निवर्तमान अध्यक्ष आकाश दुलाल, पूर्व अध्यक्ष उत्सव थापाका साथै प्रमुख सल्लाहकार रोहित शाह लगायतको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments