Monday, February 2, 2026
Homeसमाचारनिर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट हटायो ७६ जना उम्मेद्वारको नाम

निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट हटायो ७६ जना उम्मेद्वारको नाम

काठमाडौंः निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ७६ जना उम्मेद्वारको नाम हटाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

उम्मेद्वारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता र विभिन्न दलबाट आएका जानकारीसमेतलाई आधार बनाएर ७६ जनाको नाम बन्दसूचीबाट हटाएको बताइएको छ ।

कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जनाको नाम हटाइएको छ । प्रदेश सभाको बन्दसूचीतर्फ नाम कायम भएका २५ जना, आयोगको जरिवाना भुक्तान नगरेका १० जना, २५ वर्ष उमेर नपुगेका ४ जना, मतदाता नामावलीमा समावेश नभएका १ जना, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना, महिलाको ठाउँमा पुरुष उम्मेद्वारको रुपमा पेश भएका १ जना, राजनीतिक दलबाट नाम हटाउन अनुरोध भएका १० जना र अन्य कारणबाट २ जनाको नाम हटाइएको आयोगले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments