विराटचोकः साताको दोस्रो कारोबार दिन हिजो नेपाली शेयर बजार मापक परिसूचक ०.०५ प्रतिशत अर्थात् १.५३ अंकले बढेर २ हजार ६९५.७३ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर ९१ हजार ६१ पटक किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ रुपैयाँको शेयर कारोबार भएको छ ।
होटल समूह सर्वाधिक १.७७ प्रतिशतले बढेको बजारमा ५ समूहमा हरियाली छाएको थियो । वित्त समूह सर्वाधिक अर्थात् ०.८९ प्रतिशतले घटेको थियो ।
सोमबार पनि आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात् ४१ करोड ४९ लाख ९९ हजार ६६२ रुपैयाँको शेयर किनबेच हुँदा एसवाई प्यानल, बन्दीपुर केवलकार, राधी विद्युत, पिपुल्स पावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परे ।
सामान्य बढेको बजारमा सोमबार एसवाई प्यानल, श्रीनगर एग्रीटेक र हिमस्टार उर्जाको शेयरमूल्य १० प्रतिशतले बढेको थियो ।
मिथिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले घटेको थियो ।
सूचक बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब २६ अर्ब २० करोड ७९ लाख ३२ हजार ५२९ रुपैयाँ कायम भएको छ ।







