Monday, February 2, 2026
Homeफिचर३ लाखबाट तल झर्याे सुनको भाउ, तीन दिनमा घट्यो ५२ हजार ७००...

३ लाखबाट तल झर्याे सुनको भाउ, तीन दिनमा घट्यो ५२ हजार ७०० रुपैयाँ

विराटचोकः आज लगातार तेस्रो दिन सुनचाँदीको भाउ ओरालो लागेको छ । आज सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३०० रुपैयाँ घटेको छ ।

योसँगै तीन दिनमा सुनको भाउ तोलामा रुपैयाँ घटेको छ । बिहीबार हालसम्मकै उच्च मूल्य तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो । शुक्रबार सुनको भाउ २० हजार ५०० रुपैयाँ घटेको हो । हिजो आइतबार १८ हजार ८०० रुपैयाँ घटेको थियो । योसँगै उच्च मूल्यबाट तीन दिनमै सुनको भाउ ५२ हजार ७०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ८६ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १८ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १ हजार ५६५ रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments