Monday, February 2, 2026
Homeअर्थशेयरसाताको पहिलो कारोबार दिन हिजो नेपाली शेयर बजारमा सूचक र कारोबार दुवैमा...

साताको पहिलो कारोबार दिन हिजो नेपाली शेयर बजारमा सूचक र कारोबार दुवैमा गिरावट

विराटचोकः हिजो साताको पहिलो कारोबार दिन नेपाली शेयरबजार ०.७३ प्रतिशत अर्थात् १९.८५ अङ्कले घटेर २ हजार ६९४.२० अङ्कमा अडिएको छ ।

नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा कम्पनीको २ करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर १ लाख १० हजार ७२८ पटक किनबेच हुँदा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ रुपौयाँको कारोबार भएको छ । बिहिबार १४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये व्यापार समूह मात्रै ०.५५ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक अर्थात् १.७५ प्रतिशतले घटेको छ ।

कारोबार घटेको बजारमा आइतबार आँखुखोला जलविद्युतको सर्वाधिक ५५ करोड ५२ लाख ४० हजार ७६१ रुपैयाँको शेयर किनबेच भएको छ । एसवाई प्यानलको ५३ करोड ६४ लाख, राधी विद्युतको ३८ करोड ९८ लाख, युनियन हाईड्रोपावरको ३७ करोड ११ लाख र शिवश्री हाईड्रोको ३१ करोड ३९ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

आइतबार मिथिला लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात ९.७० प्रतिशतले बढ्दा क्रेष्ट माइक्रो लाइफको शेयरमूल्य ८.१९ प्रतिशत, शिवश्री हाईड्रोको ६.०७ र आँखुखोला जलविद्युतको सेयरमूल्य ४.६२ प्रतिशतले बढेको छ ।

सूचक घटेको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशत र रावा इनर्जीको शेयरमूल्य ९.३४ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब २३ अर्ब ६३ करोड २८ लाख ७५७ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments