Monday, February 2, 2026
Homeफिचरनिपा भाइरसको भारतमा सङ्क्रमण बढेपछि नेपाल सरकारले बनायो परीक्षण निर्देशिका

निपा भाइरसको भारतमा सङ्क्रमण बढेपछि नेपाल सरकारले बनायो परीक्षण निर्देशिका

काठमाडौंः भारतमा निपा भाइरसको सङ्क्रमण बढेपछि सरकारले निपा भाइरसको नमूना सङ्कलन र परीक्षणका लागि अन्तरिम निर्देशिका बनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको नमुना सङ्कलन र परीक्षणका लागि अन्तरिम निर्देशिका बनाएको हो । सरकारले बनाएको यो निर्देशिकाले ज्वरो र श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका, निपा भाइरसको प्रभावित क्षेत्र अर्थात्, भारतबाट फर्किएका र अन्य यो भाइरससँग सम्बन्धित मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिलाई शंकास्पद निपा केसका रूपमा राखेको छ ।

बंगलादेश र भारतको पश्चिम बंगाल तथा केरलाजस्ता यो भाइरसको संक्रमण भएका क्षेत्रबाट फर्किएकाहरूलाई विशेष सतकर्ता अपनाउन पनि निर्देशिकामा भनिएको छ । निर्देशिका अनुसार शंकास्पद तथा सम्भावित केसलाई तुरुन्तै आइसोलेसनसहित अस्पताल भर्ना गर्ने, स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गर्नुपर्ने पनि महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments