विराटचोकः अजीव राईको अध्यक्षतामा श्रम संस्कृति पार्टीको सुन्दरहरैंचा नगर कमिटी बुधबार गठन गरिएको छ ।
प्रेमबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रम संस्कृति पार्टीका केन्द्रीय सचिव एवं समानुपातिक उम्मेद्वार जीवन बिष्ट हुनुहुन्थ्यो । विशेष अतिथिमा श्रम संस्कृति पार्टीका मोरङ क्षेत्र नम्बर ३ का उम्मेद्वार अमिर मगर, मोरङ क्षेत्र नं. ६ का उम्मेद्वार मातृका पौडेल रहनुभएको थियो । कार्यक्रममा श्रम संस्कृति पार्टी बेलबारी नगर अध्यक्ष पर्वत राई, इलाका प्रहरी कार्यालय विराटचोकका प्रतिनिधि, स्थानीयवासीलगायतको उपस्थिति रहेको थियो ।
कार्यसमितिको उपाध्यक्षमा सीता छाराहाङ कुलुङ, गजेन्द्र घले र सन्तु राई रहनुभएको छ । सचिवमा श्रीप्रसाद सुब्बा, सहसचिवमा विकास राई र प्रताप राई, कोषाध्यक्षमा ज्ञानु राई, तथा सहकोषाध्यक्ष नरबहादुर राई चयन हुनुभएको छ ।
सदस्यहरुमा चन्द्रकिरण मादेन लगायत हुनुहुन्छ । २६ सदस्यीय कार्यसमितिको प्रवक्तामा परेश साम्पाङ र वरिष्ठ सल्लाहकारमा प्रेमबहादुर राई रहनुभएको छ ।







