विराटचोकः साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयर बजार १७.५३ अङ्कले घटेर २ हजार ७१४.०५ अडिएको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर १ लाख ३८ हजार ८८३ पटक किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजा ८६५ रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये जलविद्युत, लगानी र सामुहिक लगानी कोषबाहेकका सबै समूह राताम्य भए । यी समूहहरु क्रमशः ०.३८, ०.०५ र ०.३६ प्रतिशतले विकास बैंक समूह सर्वाधिक २.२२ प्रतिशतले घटेको छ ।
कारोबार बढेको बिहीबारको बजारमा ङादी ग्रुप पावरको सर्वाधिक ५९ करोड ९९ लाख १४ हजार ४४५ रुपैयाँको शेयर कारोबार भएको छ ।
एसवाई प्यानल, युनाइटेड मोदी हाइड्रोपावर, युनियन हाइड्रोपावर र राधी विद्युतको सर्वाधिक कारोबार भएको छ ।
हिमाल दोखला हाइड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ९.२३ प्रतिशतले बढ्दा शिवश्री हाइड्रोको सेयरमूल्य पनि ९.१९ प्रतिशतले बढेको छ । कालिका पावर, रावा इनर्जी र शुभम् पावर उच्च मूल्य बढ्ने अन्य कम्पनीमा परेका छन् ।
सूचक घटेको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले घटेको छ । सान्भी इनर्जीको शेयरमूल्य ९.८५ प्रतिशत र दरमखोला हाइड्रोको शेयरमूल्य ९.३८ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ५६ अर्ब ९६ करोड ४५ लाख ६ हजार ९४५ रुपैयाँ निर्धारण भएको छ ।







