विराटचोकः काठमाडौंबाट वैदेशिक शिक्षासम्बन्धी परामर्श सेवा दिइरहेको जीआईईसी कन्सल्टेन्सीले मोरङको सुन्दरहरैंचा–९ विराटचोकबाट पनि आफ्नो सेवा शुरु गरेको छ ।
पूर्वी नेपालका विद्यार्थीहरूलाई लक्षित गर्दै संस्थाले वैदेशिक अध्ययनसम्बन्धी सम्पूर्ण जानकारी तथा मार्गदर्शन प्रदान गर्न सेवा बिस्तार गरेको जनाएको छ ।
संस्थाका प्रतिनिधि हिमालय पोख्रेलका अनुसार जीआईसीईसीले विगत १७ वर्षदेखि काठमाडौंमा रहेर वैदेशिक शिक्षासम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।







