Sunday, February 1, 2026
Homeसमाचाररेडक्रस सोसाइटी सुन्दरहरैंचा मोरङका ५५ उपशाखामध्ये पहिलो हुँदै सम्मानित

रेडक्रस सोसाइटी सुन्दरहरैंचा मोरङका ५५ उपशाखामध्ये पहिलो हुँदै सम्मानित

विराटचोकः नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखा जिल्लामा रहेका ५५ वटा उपशाखामध्ये पहिलो भएको छ । विभिन्न गतिविधिका साथै मोरङ जिल्लामै सबैभन्दा धेरै रक्तदान कार्यक्रम गरी रगत सङ्कलन गर्ने कार्य गरेको हुनाले सुन्दरहरैंचा शाखा पहिलो भएको जिल्ला रेडक्रसले जनाएको छ ।

उपशाखा सभापति घनिन्द्र न्यौपानेले सम्मान ग्रहण गर्दै रक्तदाताहरू, स्वयंसेवक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै उपशाखा सचिव बाबुराम निरौलाले रेडक्रस अभियानलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रत्येक वर्ष माघ १२ गते मनाइने रक्तसञ्चार दिवसका अवसरमा मोरङमा आयोजित २० औँ रक्तसञ्चार दिवस कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैँचा उपशाखा सम्मानित भएको हो ।

कार्यक्रममा जुनियर रेडक्रस सर्कल अन्तर्गत आदर्श माध्यमिक विद्यालय विराटनगर र संघ–संस्थातर्फ राउन्ड टेबल ५, विराटनगर सम्मानित भएका छन् ।
जिल्ला रेडक्रस शाखा मोरङका सभापति शुकदेव मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments