Sunday, February 1, 2026
Homeसमाचारनेशनल लाइफले दियो कोशी प्रदेशका अभिकर्तालाई तालिम

नेशनल लाइफले दियो कोशी प्रदेशका अभिकर्तालाई तालिम

 इलामः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्तालाई १ दिने तालिम प्रदान गरेको छ ।

मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमाशुल्क सङ्कलन गरी छनोट भएका १२० जना अभिकर्ताहरुलाई ईलामको फिक्कल स्थित होटल एकोममा तालिम प्रदान गरेको हो । अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्रकै चर्चित उपाधि एमडिआरटिको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरुलाई आफ्नो पेशामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनामार्फत् प्रशिक्षण प्रदान गर्दै आइरहेको र सोही क्रममा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताउनुभयो ।

सो तालिममा कोशी प्रदेशमा रहेका विभिन्न शाखामा रही उत्कृष्ट कार्य गरी पहिलो, दोस्रो र तेस्रो हुने अभिकर्ताहरुलाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले पुरस्कृत गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments