Tuesday, December 24, 2024
Homeपर्यटनमनास्लु क्षेत्रमा पुगे अहिलेसम्मकै धेरै पर्यटक

मनास्लु क्षेत्रमा पुगे अहिलेसम्मकै धेरै पर्यटक

गोरखाः प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् ।

१ वर्षको अवधिमा ९ हजार १ सय ६६ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख सन्तोष शेरचनले जानकारी दिएका छन् ।

सन् २०२२ मा सो क्षेत्रमा ६ हजार १ सय २ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । सन् २०१९ मा ७ हजार ५५५ जनाले, सन् २०१८ मा ७ हजार ६५४ जनाले भ्रमण गरेका थिए । कोरोना संक्रमणका कारण सन् २०२० मा ३ सय ३७ र सन् २०२१ मा ९ सय २५ जनाले मात्र मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments