Wednesday, January 28, 2026
Homeशिक्षा र स्वास्थ्यकेराबारीमा ९ जना क्षयरोगीलाई पौष्टिक आहार प्याकेज वितरण

केराबारीमा ९ जना क्षयरोगीलाई पौष्टिक आहार प्याकेज वितरण

केराबारीः पालिका अस्पताल परिसरमा आयोजित कार्यक्रममा केराबारी गाउँपालिका भित्रका ९ जना क्षयरोगीहरूलाई पौष्टिक आहार प्याकेज वितरण गरिएको छ ।

केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा भएको उक्त प्याकेजमा चामल ५० देखि १०० केजी, तेल २ लिटर, दाल २ केजी, बदाम १ केजी, अण्डा २ क्यारेट तथा सर्वोत्तम पिठो २ प्याकेट समावेश गरिएको छ ।

पौष्टिक आहार प्याकेज वितरण कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगर, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, प्रवक्ता नारायणप्रसाद भुजेल, स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौलागाईँलगायत उपस्थित हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments