विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ बढेर उच्च मूल्यको रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेर उच्च मूल्यको रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ६ हजार ८७० रुपैयाँ निर्धारण भएको छ । सुनचाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।
हिजो सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा २८५ रुपैयाँ बढेको थियो ।







