विराटचोकः आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्ने ६ वटै टोलीको टुङ्गो लागेको छ ।
सुपर सिक्समा समूह ‘ए’ बाट अमेरिका, बंगलादेश र आयरल्याण्ड पुगेका छन् ।
समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।
सुपर सिक्सबाट शीर्ष चार टिमले आगामी जुनमा इंग्ल्याण्डमा हुने महिला टी २० विश्वकपमा प्रतिष्पर्धा गर्नेछन् ।







