Tuesday, January 27, 2026
Homeराजनीतिप्रतिनिधिसभा निर्वाचनबारे मोरङ क्षेत्र नम्बर १ मा एमालेले गर्याे छलफल

प्रतिनिधिसभा निर्वाचनबारे मोरङ क्षेत्र नम्बर १ मा एमालेले गर्याे छलफल

उर्लाबारीः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले मोरङ निर्वाचन क्षेत्र नम्बर–१ क्षेत्रीय कमिटीको आयोजनामा उर्लाबारीमा छलफल भएको छ ।

क्षेत्रीय कमिटी संयोजक अग्नि भट्टराईको सभापतित्वमा एमालेको नगर कार्यालयमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एमालेका पूर्व उपाध्यक्ष गुरुप्रसाद बराल रहनुभएको थियो । कार्यक्रम सञ्चालन क्षेत्रीय समन्वय कमिटी सह–संयोजक सरला राईले गर्नुभएको थियो ।

कार्यक्रममा सभापति भट्टराईका साथै एमालेका मोरङ जिल्ला सचिव सोमराज थापा, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री एवं जिल्ला सचिवालय सदस्य उमाकान्त गौतम, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङलगायतले बोल्नुभएको थियो ।

नेकपा एमालेका उम्मेद्वार घनश्याम खतिवडाले तमोर नदीको पानी मोरङ ल्याउने योजनाको डिपिआर तयार भइसकेको र कार्यान्वयन हुन बाँकी रहेको बताउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments