बेलबारीः फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लिएर मोरङ क्षेत्र नं. ३ का लागि निर्वाचन अधिकृत रूद्रप्रसाद अर्यालको उपस्थितिमा आइतबार पत्रकारहरूसँग आचारसंहिता तथा निर्वाचन सम्बन्धी छलफल भएको छ ।
छलफल कार्यक्रममा आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ र पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यले लागू हुने आचारसंहिता, मतदान प्रक्रिया, सुरक्षाका विषय र पत्रकारको भूमिकाबारे जानकारी गराइएको थियो ।
निर्वाचन अधिकृत अर्यालका अनुसार मोरङ क्षेत्र नं. ३ मा १ लाख ५८ हजार ५७ जना मतदाता रहेका छन् । जसमध्ये पुरुष मतदाता ७७ हजार १७० जना, महिला मतदाता ८० हजार ८८३ जना र अन्य ४ जना रहेका छन् ।
५५ वटा मतदान स्थल र १७९ वटा मतदान केन्द्र सो क्षेत्रमा रहेका छन् ।







