Thursday, March 12, 2026
Homeफिचरराष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट मेचे र पोर्तेल निर्वाचित

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट मेचे र पोर्तेल निर्वाचित

विराटनगरः राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे र दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित भएका छन् ।

एमाले समर्थित उनीहरू दुवै नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनका उम्मेद्वार हुन् । यसअघि नै अन्यतर्फ कांग्रेस एमाले गठबन्धनका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

महिलातर्फ नेकपाकी उम्मेद्वार नमिता न्यौपाने र दलिततर्फ नेकपाकै खेम सुन्दास उम्मेद्वार रहेका थिए ।

एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नमिता न्यौपानेलाई पराजित गर्नुभएको हो । मेचेले ७ हजार १७३ मतभार पाउँदा न्यौपानेले २ हजार २६८ मतभार पाउनुभयो ।
दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी हुँदा सुन्दासले २ हजार २७ मतभार पाउनुभएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १ सय ३७ स्थानीय तहमध्ये नेपाली कांग्रेसका १ सय १३, एमालेका १ सय ८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका ४–४ र स्वतन्त्र २ जना रहेका छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपाका १ सांसद मतदाता थिए ।

पालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ र प्रदेश सांसदको मतभार ५३ रहन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments