Wednesday, January 21, 2026
Homeफिचरसुन्दरहरैंचाका ३ जनासहित मोरङ क्षेत्र नम्बर ३ मा २१ जनाको उम्मेद्वारी

सुन्दरहरैंचाका ३ जनासहित मोरङ क्षेत्र नम्बर ३ मा २१ जनाको उम्मेद्वारी

विराटचोकः देशभरका निर्वाचन क्षेत्रमध्ये मोरङको क्षेत्र नम्बर ३ पनि चर्चामा रहेको क्षेत्र हो । डा. सुनिल शर्माको उम्मेद्वारी रहेको यस क्षेत्रमा २१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेद्वारी दिएका २४ वर्षीय दलबहादुर थापादेखि नेपाल मजदुर किसान पार्टीका ७२ वर्षीय पर्शुराम विश्वास थारुसम्मले यस क्षेत्रबाट उम्मेद्वारी दिएका छन् ।

यस निर्वाचन क्षेत्रबाट सुन्दरहरैंचाका ३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

सुन्दरहरैंचा १ निवासी नवराज मास्केले जय मातृभूमि पार्टीबाट उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

सुन्दरहरैंचा–८ निवासी गणेश मिश्रले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।

सुन्दरहरैंचा–१० निवासी मित्रसेन योञ्जनले उज्यालो नेपाल पार्टीको तर्फबाट उम्मेद्वारी दिनुभएको छ ।

सो निर्वाचन क्षेत्रबाट एक जनामात्रै महिलाले उम्मेद्वारी दिनुभएको छ । बेलबारी–४ निवासी २६ वर्षीया कञ्चन न्यौपानेले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments