Sunday, January 18, 2026
Homeखेलकुदसुन्दरहरैँचामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु, पहिलो दिन पदक तालिकामा सुकुना...

सुन्दरहरैँचामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु, पहिलो दिन पदक तालिकामा सुकुना अघि

विराटचोकः शनिबारदेखि मोरङको सुन्दरहरैँचा नगरपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । सुकुना माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले र कार्यक्रमको अध्यक्षता सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँले गर्नुभएको थियो ।

प्रतियोगिताअन्तर्गत पहिलो दिन सुकुना माध्यमिक विद्यालयले ५ स्वर्ण, ८ रजत र ३ कास्य पदक जितेर पहिलो स्थानमा रहेको छ । साजीलाल माध्यमिक विद्यालयले ५ स्वर्ण, ६ रजत र ३ कास्य, पूर्वाञ्चल एकेडेमीले ४ स्वर्ण, १ रजत र १ कास्य, सिद्धार्थ सेकेन्डरी स्कुलले १ स्वर्ण र १ कास्य पदक पाएका छन् ।

त्यस्तै, जनता माध्यमिक विद्यालय बुधबारे र शिक्षा निकेतन मावि सलकपुरले समान १–१ स्वर्ण पदक जित्दा टेन्डरफिट बोर्डिङ स्कुलले १ कास्य पदक जितेको छ ।

सुकुना माध्यमिक विद्यालय, सुन्दरहरैँचा १० को आयोजना तथा महेन्द्र माध्यमिक विद्यालय, सुन्दरहरैँचा ११ को सह–आयोजनामा भइरहेको प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिता रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments