Sunday, January 18, 2026
Homeकला र साहित्यबेलबारी महोत्सवमा ‘स्रष्टा र सिर्जना, हाम्रो गहना’ कार्यक्रम

बेलबारी महोत्सवमा ‘स्रष्टा र सिर्जना, हाम्रो गहना’ कार्यक्रम

बेलबारीः पुस २५ गतेदेखि सञ्चालन भइरहेको दोस्रो बेलबारी महोत्सवमा ‘स्रष्टा र सिर्जना, हाम्रो गहना’ कार्यक्रम सम्पन्न भएको छ ।

माघ ५ गते समापन हुने महोत्सवमा आयोजकले माघ २ गतेलाई साहित्य उत्सवको रूपमा मनाएको हो । कार्यक्रममा बेलबारीमा रहेका विभिन्न साहित्यिक संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, बेलबारीका स्रष्टा एवम् राजनीतिकर्मी इरान राई, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, आम्लाबुङ साहित्य संसारका अध्यक्ष धनजीत पराजुली, अलङ्कार कला केन्द्रका अध्यक्ष चण्डी साङपाङ राईलगायतका साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा भाषा साहित्यका अतिरिक्त विद्यालयका शिक्षक, विद्यार्थी तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।

बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको सञ्चालन रहेको कार्यक्रममा तिला लेकाली, नवराज पोखरेल ‘नवशिला’, कोपिला आस्था राई, विष्णु भण्डारी आचार्य, चिरञ्जीवी काफ्ले, गोविन्द हुक्पा चोङ्बाङ, नीरु गौतम, उमा सिजापती, शिव पराजुली, राजु परियार, शिक्षा भट्टराईलगायतका स्रष्टाले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

कमलमणि नेपाल (खुपीका बा), चण्डी साङपाङ राई, सुरेश राई, सानु राईलगायतका कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो । त्यस्तै, लक्ष्मी मावि, बेलबारी ११ की छात्रा सपना बुढाथोकी, भगवती मावि, बेलबारी ३ की छात्रा अनुसा सुवेदी, शिक्षा सन्देश इङ्लिस स्कुल, बेलबारी २ की छात्रा तपस्याश्री ढकाल, कबीर मावि, बेलबारी २ की छात्रा सीता थापा र सगरमाथा इङ्लिस स्कुल, बेलबारी १ का छात्र युसन सापकोटाले आआफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रममा रमेश निरौलाको भावका भँगालाहरू (गजल सङ्ग्रह) भित्रका दुईओटा गजल र चिरञ्जीवी काफ्लेको एउटा गजल सङ्गीतमा प्रस्तुत गरिएको थियो ।

तवलामा रोशन मगर, मादलमा टेकराज एक्चाइ मगर, गितारमा विशाल मगरले वाद्यवादनका साथमा कार्यक्रमलाई सङ्गीतमय बनाउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments