Sunday, January 18, 2026
Homeसमाजकश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठान रतुवमाईको अध्यक्षमा श्रीनिवास अधिकारी

कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठान रतुवमाईको अध्यक्षमा श्रीनिवास अधिकारी

सौंठाः कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठान रतुवमाई नगर समितिको शनिबार भएको प्रथम साधारणसभाले बुद्धिबहादुर अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

त्यस्तै, कार्यसमितिको उपाध्यक्षमा धनबहादुर अधिकारी, सचिवमा इन्द्रलाल अधिकारी, सहसचिवमा मनमाया अधिकारी र कोषाध्यक्षमा मोहन अधिकारीलाई साधारणसभाले सर्वसम्मत चयन गरेको छ ।

सदस्यहरुमा नरेश अधिकारी, टेकबहादुर अधिकारी, देवीप्रसाद अधिकारी र लक्ष्मण अधिकारी चयन हुनुभएको छ ।

साधारणसभाका प्रमुख अतिथि प्रतिष्ठानका मोरङ जिल्ला अध्यक्ष गुरुप्रसाद अधिकारीले कार्यसमितिका पदाधिकारीलाई शपथ ग्रहण गराउनुभएको थियो ।

साधारणसभामा प्रमुख अतिथि अधिकारीका साथै सुन्दरहरैंचा नगर समिति अध्यक्ष यादव अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानको मोरङ जिल्ला समिति सचिव खेमचन्द्र अधिकारी, सह सचिव लावण्य अधिकारी, सदस्यहरु खगेन्द्र अधिकारी, यादव अधिकारी, रमेशचन्द्र अधिकारीलगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचारः
कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठान लेटाङको अध्यक्षमा श्रीनिवास अधिकारी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments