लेटाङः कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठान लेटाङको माघ १ गते भएको प्रथम साधारणसभाले श्रीनिवास अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिवमा एकराज अधिकारी, सहसचिवमा सुरेश अधिकारी र कोषाध्यक्षमा ज्ञानबहादुर अधिकारी चयन हुनुभएको छ ।
सदस्यहरुमा तुलसी अधिकारी, तोयानाथ अधिकारी, कृष्णप्रसाद अधिकारी, सोमनाथ अधिकारी, दुर्गाप्रसाद अधिकारी, मोहनलाल अधिकारी र कमल अधिकारी चयन हुनुभएको छ ।
साधारणसभाका प्रमुख अतिथि प्रतिष्ठानका मोरङ जिल्ला अध्यक्ष गुरुप्रसाद अधिकारीले कार्यसमितिका पदाधिकारीलाई शपथ ग्रहण गराउनुभएको थियो ।
साधारणसभामा प्रमुख अतिथि अधिकारीका साथै सुन्दरहरैंचा नगर समिति अध्यक्ष यादव अधिकारी, कानेपोखरी गाउँ समिति अध्यक्ष ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानको मोरङ जिल्ला समिति सचिव खेमचन्द्र अधिकारी, सह सचिव लावण्य अधिकारी, सदस्यहरु सीता अधिकारी, हरिप्रसाद अधिकारी, फणिन्द्रप्रसाद अधिकारी, होमनाथ अधिकारी, टंकप्रसाद अधिकारी, यादव अधिकारी, चेतराज अधिकारीलगायतको उपस्थिति थियो ।
प्रतिष्ठानको जिल्ला कार्यसमिति सदस्य तथा लेटाङ नगर समिति चयनका संयोजक चेतराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मोहन अधिकारीले गर्नुभएको थियो ।







