ठडियाः एशियन राजमार्ग निर्माणको क्रममा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ ठडियामा अलकत्रा प्लाण्ट स्थापना गरिए त्यसको विरोध गरिने र प्लाण्ट हटाएर छोड्ने स्थानीयले बताएका छन् ।
ठडिया चोकबाट उत्तरतर्फ राजमार्गबाट लगभग ३०० मिटरको दूरीमा बस्तीको बीचमा अलकत्रा निर्माण प्लाण्ट राखिने भएको छ । बस्तीको बीचमा प्लाण्ट राखिने भएपछि हावा, पानी र माटो प्रत्यक्ष रुपमा प्रदूषित हुँदा मानव स्वास्थ्यमा असर पर्ने भनी स्थानीयले प्लाण्ट नराख्न माग गर्दै आएका छन् । उनीहरुले प्लाण्ट बस्तीको बीचमा नराख्न माग गर्दै सुन्दरहरैंचा नगरपालिकाको कार्यालयको वडा नम्बर ७ र सुन्दरहरैंचा नगरपालिकामा ज्ञापनपत्र पनि दिइसकेका छन् ।







