बन्दीपुरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा २ लाख ५४ हजार ३९७ जना मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या १ लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या १ लाख ३० हजार ९०६ जना रहेको छ । जिल्लास्थित दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा रहेका छन् ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ मा १ लाख ३६ हजार ११८ र क्षेत्र नम्बर २ मा ज्ञ लाख १८ हजार २७९ मतदात रहेका छन् । क्षेत्र नं १ मा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछन् । क्षेत्र नं २ मा शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका पर्दछन् ।
व्यास नगरपालिकामा ५१ हजार ३०६, भानु नगरपालिकामा ४२ हजार १०४, शुक्लागण्डकी नगरपालिकामा ४० हजार ३०५, भीमाद नगरपालिकामा २५ हजार ३११, आँबुखैरेनी गाउँपालिकामा १४ हजार ६२, देवघाट गाउँपालिकामा १२ हजार ६४४, बन्दीपुर गाउँपालिकामा १६ हजार ००२, ऋषिङ गाउँपालिकामा १८ हजार ७४४, घिरिङ गाउँपालिकामा १४ हजार ६१३, म्याग्दे गाउँपालिकामा १९ हजार ३०६ जना मतदाता रहेका छन् ।
३०९ मतदान केन्द्र रहेको जिल्लामा ऋषिङ गाउँपालिका–४ र ६ मा एक÷एक मतदान केन्द्र रहेकामा थप एक÷एक मतदान केन्द्र थपिएको छ । यसपटक मतदाता नामावली दर्ता अभियानका क्रममा ७ हजार ३९३ नयाँ मतदाता थपिएका थिए ।







