इटहरीः हाम्रो माझघर प्रतिष्ठानको सुनसरीको तालतलैयामा भएको पहिलो साधारणसभाले चिरञ्जीवी दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । दाहाल तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो ।
नवगठित समितिको उपाध्यक्षमा सन्तनु पोख्रेल, महासचिवमा दामोदर दाहाल, सचिवमा पेशल दाहाल, सहसचिवमा मोहन खनाल, कोषाध्यक्षमा प्रज्ज्वल वस्तीलाई चयन गरेको छ ।
सदस्यहरूमा उर्मिला पोख्रेल, शरदकुमार दाहाल, दीपक दाहाल, खेमचन्द्र अधिकारी, सदस्यः तोयानाथ दाहाल र साबित्रा सुवेदी (पोख्रेल) चयन हुनुभएको छ ।
साधारणसभामा प्रतिष्ठानका पहिलो पुस्ताका सदस्यहरु पवित्रा दाहाल, राधा दाहाल, टेकनाथ दाहाल, अम्बिका दाहाल, यज्ञप्रसाद दाहाल, इन्दिरा दाहाल, साबित्रा पोख्रेल, बद्रीप्रसाद दाहाल र दुर्गा (यशोदा) दाहाललाई सम्मान गरिएको थियो ।







