विराटचोकः पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङको २ नम्बर इकाइ अध्यक्षमा नरेन्द्र राया चयन हुनुभएको छ । विराटचोकमा भएको भेलाले सो इकाइको नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मोहनराज दाहाल, सचिवमा मुकेश दुलाल र कोषाध्यक्षमा खेमराज गौतम चयन हुनुभएको छ ।
सदस्यहरूमा विशाल मगर, पुष्पबहादुर कार्की, चेतनाथ सापकोटा, दीपक सुवेदी र बिना पोखरेल चयन हुनुभएको छ ।
सो इकाइको कार्यक्षेत्र मोरङ जिल्लाको सुन्दरहरैंचा, बेलबारी र लेटाङ नगरपालिका तथा केराबारी गाउँपालिका रहेको छ ।







