Thursday, January 8, 2026
Homeशिक्षा र स्वास्थ्यज्योति विकास बैंकले दियो कोशीका दुर्गम स्वास्थ्य चौकीलाई ‘बेबी वार्मर’

ज्योति विकास बैंकले दियो कोशीका दुर्गम स्वास्थ्य चौकीलाई ‘बेबी वार्मर’

विराटचोकः सामाजिक उत्तरदायित्वअन्तर्गत ज्योति विकास बैंकले कोशी प्रदेशका विभिन्न दुर्गम जिल्लाका स्वास्थ्य चौकीहरूलाई नवजात शिशुको जीवन रक्षाका लागि उपयोगी ‘बेबी वार्मर’ मेसिन हस्तान्तरण गरेको छ ।

नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मियाबाट जोगाउन बैंकले संखुवासभाको सिसुवाखोला हेल्थ पोस्ट र नुम प्राथमिक स्वास्थ्य केन्द्र, खोटाङको पुजन सेवा नगर अस्पताल तथा पाँचथरको एकतीन हेल्थ पोस्टमा उक्त उपकरण प्रदान गरेको हो ।

आफ्नो शाखा नभएका स्थानमा समेत पुगेर यी उपकरण उपलब्ध गराउँदै सुरक्षित प्रसूति सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ । उपकरण हस्तान्तरणसँगै बैंकले सम्बन्धित स्वास्थ्यकर्मीहरूलाई मेसिन सञ्चालनसम्बन्धी विशेष तालिम समेत प्रदान गरेको थियो । ज्योति विकास बैंकले हालसम्म देशभर ७० वटा बेबी वार्मर जडान गरिसकेको जनाएको छ ।

बैंकले आफ्नो मुनाफाबाट अन्य बैंकको तुलनामा ५० प्रतिशत बढी रकम सामाजिक उत्तरदायित्व शीर्षकमा छुट्याउँदै आएको बैंकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments