Thursday, January 8, 2026
Homeफिचरकोशी प्रदेशमा मन्त्रिमण्डल हेरफेर, दलहरूलाई पूर्ववत् मन्त्रालयको जिम्मा

कोशी प्रदेशमा मन्त्रिमण्डल हेरफेर, दलहरूलाई पूर्ववत् मन्त्रालयको जिम्मा

विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । पूर्ववत् एक जना महिला सांसदलाई राज्यमन्त्री दिएर दलहरुको भागमा पूर्ववत् मन्त्रालय नै दिइएको छ ।

मुख्यमन्त्री कार्कीले कांग्रेसबाट चार जना मन्त्री र एक राज्यमन्त्री तथा एमालेबाट पनि चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

कांग्रेसका प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाएका छन् । यसअघि सो मन्त्रालयमा कांग्रेसका भुपेन्द्र राई मन्त्री थिए ।

विराटनगर महानगरपालिकाका पूर्व मेयर नेपाली कांग्रेसका भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन् । सो मन्त्रालयमा यसअघि कांग्रेसकै सदानन्द मण्डल मन्त्री थिए ।

झापाका एमाले सांसद तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा पाएका छन् । यो मन्त्रालयमा नेकपा एमोबाट झापाकै एकराज कार्की मन्त्री थिए ।

धनुकटाका एमाले सांसद इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । यसअघि सुनसरीका रेवतीरमण भण्डारीले सो मन्त्रालय सम्हालेका थिए ।

नेकपा एमालेका प्रमुख सचेतक संखुवासभाका विदुरकुमार लिंथेपले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा पाएका छन् । यसअघि सो मन्त्रालयमा इलामका रामबहादुर मगर मन्त्री थिए ।

एमालेकै रामप्रसाद महतो सामाजिक विकास मन्त्रालयको मन्त्री बनेका छन् । यसअघि एमालेकै पाँचकर्ण राईले सो मन्त्रालय सम्हालेका थिए ।

मोरङका मानबहादुर लिम्ब स्वास्थ्य मन्त्री भएका छन् । यस अघि भुपेन्द्र राई स्वास्थ्य मन्त्री थिए ।

सुनसरीका इस्राईल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाएका छन् । यसअघि कांग्रेसका खगेनसिंह हाङ्गामले सो मन्त्रालय सम्हालेका थिए ।

एमालेका उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका छन् ।

कांग्रेसकी शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छिन् ।

२०८१ असार १७ मा कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएपछि सरकार बनेयता कोशी प्रदेशमा दोस्रो पटक मन्त्रिमण्डल हेरफेर भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments