Monday, February 23, 2026
Homeप्रविधिविराटचोकमा अव्यन्त टेक प्रालि सञ्चालनमा

विराटचोकमा अव्यन्त टेक प्रालि सञ्चालनमा

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित विराटचोकमा अव्यन्त टेक प्रालि स्थापना भएको छ ।

सो कम्पनीले द राईजिङ इङ्लिसस्कुलमा विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी एक दिने वर्कसप सञ्चालन गर्दै सेवा शुरु गरेको हो । कम्पनीले वेबसाइट तथा एप्लिकेसन निर्माण, सफ्टवेयर विकास, आईटीसम्बन्धी विभिन्न तालिम तथा डिजिटल मार्केटिङ सेवालाई मुख्य प्राथमिकतामा राखेको सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन दाहालले जानकारी दिनुभयो ।

कम्पनीका संस्थापक निर्देशक रोहन पौडेलले अस्ट्रेलियाबाट सेवा दिने प्रमुख प्रविधि अधिकृत आशुतोष भट्टराईले जानकारी दिनुभयो । व्यवस्थापक प्रवेश ओझाका अनुसार क्लाइन्ट सक्सेस म्यानेजर दिवस गिरीले पनि अष्ट्रेलियाबाट नै सेवा दिनुहुने भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका अध्यक्ष सुरेन्द्रबहादुर थापाले युवाहरू मिलेर देशमै प्रविधिमा आधारित व्यवसाय सञ्चालन गर्नु प्रशंसनीय भएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक गोपाल पाठकले आफ्ना पूर्व विद्यार्थीहरू प्रविधि क्षेत्रमा अघि बढ्दै व्यवसायमा संलग्न भएकोमा खुशी व्यक्त गर्नुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments