लेटाङः मोरङको लेटाङ नगरपालिका वडा नं. ६ अन्तर्गत लाखबारीदेखि गंगेचोकसम्मको सडकखण्डमा सडकबत्ती जडान गर्ने काम शुरु भएको छ ।
रातमा अँध्यारोका कारण सवारी साधन सञ्चालन तथा पैदल यात्रुहरूलाई आवतजावतमा समस्या हुँदै आएपछि सडक बत्ती जडान गरिएको हो ।
सडकबत्ती बाल्नका लागि ३ वटा मिटर बक्स प्रयोग गरिने र सोही अनुसार विद्युत् व्यवस्थापन गरिएको प्राविधिकले जानकारी दिएका छन् । सडकबत्ती जडानपछि उक्त क्षेत्रको सडक उज्यालो हुने, दुर्घटनाको जोखिम कम हुने तथा रातिको समयमा आवतजावत सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ ।
वडा नं. ६ को मा बत्ती जडानको काम सम्पन्न भएपछि वडा नं. ४ अन्तर्गत चिल्ड्रेन पार्कदेखि घिमिरे चोकसम्मको सडकखण्डमा पनि सडकबत्ती जडानको काम सुरु गरिने नगरपालिकाले जनाएको छ ।







