Wednesday, January 7, 2026
Homeस्थानीयसाँझमा टोल–टोलमा पुगेर नगरवासीका समस्या सुन्दै लेटाङका जनप्रतिनिधि

साँझमा टोल–टोलमा पुगेर नगरवासीका समस्या सुन्दै लेटाङका जनप्रतिनिधि

लेटाङः मोरङको लेटाङ नगरपालिकाले टोलवासीसँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत टोलटोलमा पुगेर नगरवासीका गुनासा सुन्न थालेको छ । बुधबार साँझ लेटाङ– १ राजारानी टोलका स्थानीयवासीसँग नगरप्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख उपप्रमुख कृष्णकुमारी निरौला र वडाध्यक्ष विष्णुकुमार मगर लगायतको टोलीले गुनासा सुनेको हो ।

लेटाङ–१ स्थित राजारानी टोल विकास संस्थाअन्तर्गत पर्ने तल्लो राजारानी र गैरीटोलका टोलवासीसँग अन्तरक्रिया भएको हो । टोलवासी दिनभर विभिन्न कृषि कर्म तथा ज्याला मजदुरीमा व्यस्त हुने भएकाले उनीहरुको फुर्सदको समय पारेर साँझमा नगर प्रमुख सहितको जनप्रतिनिधिको टोली बस्तीमा पुगेको थियो ।

स्थानीयवासीले सिँचाइ, पशु उपचार, केराखेतीमा देखिएको समस्या, खानेपानी र विपन्नको घर निर्माण लगायतका समस्या टोलमा रहेको सुनाएका थिए ।

जवाफमा नगरप्रमुख लावतीले टोलवासीको समस्या समाधानका लागि नगरपालिकाले आवश्यक काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले छलफलका क्रममा नगरपालिकामार्फत प्रदान गरिने नगर अस्पतालको सेवा, पुश अस्पतालको सेवा, युवायुवातीहरुलाई सीपमुलक तालिमको व्यवस्था लगायतका बारेमा पनि जानकारी गराउनुभएको थियो ।

वडासदस्य गीता मगरको घरमा भएको छलफल कार्यक्रमको अध्यक्षता राजारानी टोल विकास संस्थाका अध्यक्ष सुजन मगरले गर्नुभएको थियो । नगरपालिकाले गतवर्षदेखि शुरु गरेको टोल–टोलमा पुगेर जनताको समस्या सुन्ने कार्यक्रमअन्तर्गत यस वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments