Tuesday, January 6, 2026
Homeफिचरशेयर बजार राताम्य, तीन वटा उपसूचक मात्र हरियो

शेयर बजार राताम्य, तीन वटा उपसूचक मात्र हरियो

विराटचोकः आज नेपाली शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.३९ प्रतिशत अर्थात् १०.२९ अंकले घटेर २ हजार ६१०.६३ अंकमा रोकिएको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३२३ वटा कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक किनबेच हुँदा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये उत्पादन तथा प्रशोधन समूह १.०४ प्रतिशत, होटल ०.६२ र व्यापार ०.३४ प्रतिशतले बढेका छन् । बाँकी समूहको सूचकमा रातो पोतिएको छ । आज अन्य समूह सर्वाधिक अर्थात् १.६९ प्रतिशतले घटेको छ ।

घटेको बजारमा आज एसवाईपी प्यानलको सर्वाधिक ३० करोड ६५ लाख ८५ हजार ७६ रुपैयाँको शेयर कारोबार भएको छ । श्रीनगर एग्रीटकेको २२ करोड ८८ लाख, बन्दीपुर केवलकारको २२ करोड १३ लाख, एनआईसी एशिया बैंकको २१ करोड ९४ लाख र सागर डिस्टिलरीको १८ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ

घटेको बजारमा आज विन नेपाल लघुवित्त र श्रीनगर एग्रीटेकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सान्भी इनर्जी, सागर डिस्टिलरी र युनाइटेड इदी मर्दी उच्च मूल्य बढ्ने अन्य कम्पनीमा परेका छन् ।

आज न्यादी हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ४.३२ प्रतिशत र नेपाल हाईड्रो डेभलपर्सको शेयरमूल्य ४.३१ प्रतिशत घट्दा सीवाईसी नेपाल लघुवित्तको शेयरमूल्य ४.२१ प्रतिशतले घटेको छ । नेपाल टेलिकमको शेयरमूल्य ४.०९ प्रतिशत र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ४.०४ प्रतिशत घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ८३ अर्ब ३१ करोड ६३ लाख २२ हजार ६०१ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments