विराटचोकः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक उम्मेद्वारमा अवसर नपाएका कार्यकर्तालाई प्राथमिकता दिएको छ । २०६४ सालदेखि २०७९ सालसम्म अवसर पाएकालाई समानुपातिक उम्मेदवार नबनाउने नीतिका कारण पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले मरिहत्ते गर्दा पनि उम्मेद्वार बन्न पाउनुभएन ।
पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले आफू समानुपातिक उम्मेदवार हुन पाउनुपर्ने अडान केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राखेपछि मतदान नै गर्नुपरेको थियो । लोहनीका पक्षमा धेरै मत नखसेपछि उहाँ उम्मेद्वार हुन नपाउनुभएको हो ।
‘२०६४ पछि अवसर पाएकाहरूलाई नदोहोर्याउने निर्णयमा पूर्वअध्यक्ष लोहनीले असहमति राख्नुभएको थियो । आफू जनशक्ति पार्टीबाट त्यसबेला सांसद भएकोले यो नियम लागू नहुने उहाँको अड्डी थियो ।
राप्रपामा खसआर्य र जनजाति पुरूषका लागि उम्मेद्वार चयन गर्न मतदान गर्नुपरेको थियो ।







