विराटचोकः तोलामा ६० रुपैयाँ बढेर आज चाँदीको भाउले उच्च मूल्यको रेकर्ड बनाएको छ । योसँगै चाँदीको भाउले हिजो बनाएको उच्च मूल्यको रेकर्ड तोडिएको हो । सुनको भाउ भने आज तोलामा ६०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ७० हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ८९५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २७० रुपैयाँ बढेको थियो ।







