धरानः खेल सप्ताह गरेर सुनसरीको धरान– ३ मा रहेको भानु स्मृति विद्यालयमा अध्ययनरत २३० जना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
ब्याडमिन्टन, १०० मिटर दौड, फुटबल, लुडो, कुर्सी घुमाइ, टेबलटेनिस, बास्केटबल, टेबलटेनिसलगायतका प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई हिजो भएको खेलकुद सप्ताह समापन कार्यक्रममा पुरस्कृत गरिएको हो ।
कक्षा १ देखि १० सम्मको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने ३० जना विद्यार्थीलाई विशेष पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले नयाँ अक्षयकोष स्थापना गर्ने व्यक्ति र एक वर्षभित्र योगदान गर्ने व्यक्तिहरूलाई पनि सम्मान गरेको थियो ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष नैनकला न्यौपानेले गर्नुभएको थियो । धरान उपमहानगरपालिका वडा नम्बर ३ की वडाध्यक्ष विद्या शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधानाध्यापक रवीन्द्र सुवेदीले नगरको मेयर कोषबाट प्राप्त रकमबाट भएको भौतिक निर्माणको बारेमा जानकारी दिनुभएको थिया ।
विद्यालयका शिक्षक ओम रिमालले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।







