धरानः नेपाल जेसीजको वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन भएको छ । जनकपुरधाममा सम्पन्न नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनबाट रामेछाप जीसीजका युवा नेता जीवनबहादुर कार्की अध्यक्षमा निर्वाचित भएका हुन् ।
चार जना उम्मेद्वारबीच भएको प्रतिस्पर्धात्मक निर्वाचनमा कार्की बहुमतसहित विजयी भएका हुन् । गत वर्ष इटहरीमा भएको निर्वाचनमा उनी पराजित भएका थिए । कार्कीले ५१२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी विजय गुरुङले ४६२ मत प्राप्त गरेका थिए ।
कार्कीले नेपाल तथा अन्तर्राष्ट्रिय तहका विभिन्न तालिम र एकेडेमीहरूमा सहभागिता जनाउँदै नेतृत्व विकासमा आफूलाई सशक्त बनाउँदै आएका छन् । उनको नेतृत्वको प्रमुख कार्यक्रम ‘प्रोजेक्ट सङ्कल्प २०२६’ रहेको छ ।
त्यस्तै, राष्ट्रिय उपाध्यक्षमा धरानका विदुर थापा निर्वाचित भएका छन् । नेपाल जेसीजको ५२ औँ महाधिवेशनमा थापा ८७७ मत प्राप्त गरी राष्ट्रिय उपाध्यक्ष निर्वाचित भएका हुन । थापाले धरान जेसीज अध्यक्षको कार्यकालमा धरान जेसीज स्वर्ण महोत्सव स्मृति स्वरूप धरान ३ चन्दपुरमा डबली निर्माण गरेर प्रशंसा बटुलेका थिए ।
थापाले सन् २०११ मा जेसीजको सदस्यता लिएका थिए ।
यी हुन् नेपाल जेसीज वर्ष २०२६ को कार्यकारिणी समितिमा निर्वाचितहरू
अध्यक्षः जेसी जीवन कार्की
कार्यकारी उपाध्यक्ष – जेसी नवराज उपाध्याय
कार्यकारी उपाध्यक्ष – जेसी स्वप्ना पौडेल भण्डारी
कार्यकारी उपाध्यक्ष – सिनेटर विकेशलाल श्रेष्ठ
कार्यकारी उपाध्यक्ष – जेसी योगेश राजवंशी
महासचिवः जेसी अमर घिमिरे
कानूनी सल्लाहकारः जेसी बहादुर तामाङ
कोषाध्यक्षः जेसी सुजित सुवेदी
प्रकरण निर्देशकः जेसी रबि किरण केसी
तालिम आयुक्तः जेसी राजन पौडेल
उपाध्यक्षहरू
१.जेसी मेनुका ओली
२.जेसी दिपेश बराईली
३.जेसी अमन महर्जन
४.जेसी खगेन्द्र भण्डारी
५.जेसी विदुर थापा
६.जेसी सुरेन्द्र श्रेष्ठ
७.जेसी एन्जिला खड्का
८.जेसी देबु बानियाँ
९.जेसी रुपकबहादुर बिष्ट
१०.जेसी सन्दिप भुषाल
११.जेसी आरोग्य श्रेष्ठ
१२.जेसी अनिष भट्टराई
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा धरानका विदुर थापाले उम्मेद्वारी दिने







