विराटचोकः रवि (आइत) बार बिहानै रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच ७ बुँदे सहमति भएको छ ।
आइतबार बिहान ४ बजे भएको सहमतिमा पार्टीको नाम रास्वपा र चुनाव चिह्न घण्टी नै रहने बुँदा उल्लेख छ । रवि लामिछानेले पार्टीको नेतृत्व गर्ने र बालेन शाहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अघि सारिने सहमति भएको छ ।
सो सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहले हस्ताक्षर गरेका छन् ।







