Sunday, December 28, 2025
Homeफिचरस्थानीय र वैदेशिक रोजागारीमा रहेकाहरूका लागि रिज लाइन इनर्जीले आजदेखि आईपीओ बिक्री...

स्थानीय र वैदेशिक रोजागारीमा रहेकाहरूका लागि रिज लाइन इनर्जीले आजदेखि आईपीओ बिक्री गर्ने

विराटचोकः आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात् ११ करोड ८५ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको निष्काशन गरी बिक्री हुने भएको हो ।

सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात् १ करोड ४२ लाख २० हजार रकमबराबरको रु.१०० अंकित दरका १ लाख ४२ हजार २०० कित्ता शेयरहरू नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्काशन गरी बिक्री गरिने छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गते हुनेछ ।

स्थानीय बासिन्दाले कम्पनीको गोरखास्थित कार्यालय, प्रभु क्यापिटलको कमलादी कार्यालय तथा कम्पनीले निर्माण गरेको अनलाइन लिंक, प्रभु बैंकको छेपेटार शाखा गोरखा र पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments