Friday, December 26, 2025
Homeशिक्षा र स्वास्थ्यएन प्याब्सन मोरङको जिल्लास्तरीय स्पेलिङ कन्टेस्टमा विराटनगरको आभा सेकेण्डरी पहिलो

एन प्याब्सन मोरङको जिल्लास्तरीय स्पेलिङ कन्टेस्टमा विराटनगरको आभा सेकेण्डरी पहिलो

विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मोरङको आयोजनामा भएको जिल्लास्तरीय स्पेलिङ कन्टेस्टमा विराटनगरको आभा सेकेन्डरी स्कुल पहिलो भएको छ । ग्लोबल एकेडेमी विराटनगर दोस्रो, हिमालय इङ्लिस स्कुल सुन्दरहरैँचा तेस्रो तथा डेल्टा इंगलिस स्कुल बेलबारीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित हिमालय इङ्लिस स्कुलमा आयोजित प्रतियोगितामा १२ विद्यालय सहभागी थिए । प्रतियोगिताका विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल र विशिष्ट अतिथि कोशी प्रदेश अध्यक्ष कमल खनाललगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेशनल प्याब्सन मोरङका अध्यक्ष इन्द्र नारायण शाहले अङ्ग्रेजी भाषामा आधारित यस्ता प्रतियोगिताले विद्यार्थीहरूको स्मरण शक्ति, भाषिक दक्षता र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments