बेलगाछीः पूर्वाञ्चल विश्वविद्यालयको ३२ औं वार्षिकोत्सवको अवसरमा गणेशपुर टोल विकास संस्था र बेलगाछी टोल विकास संस्थाको संयुक्त आयोजनामा सुन्दरहरैंचा–७ स्थित शिशिर एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सो शिविरमा ३ सय भन्दा बढी स्थानीयले जनरल फिजिसियन नाक, कान, घाँटी, दन्त, स्त्री तथा प्रसुती, बाल, हाडजोर्नी तथा नशा, ब्लड प्रेसर सुगर जाँच जनरल सर्जरी तथा चर्म रोग जाँचको सेवा लिएको आयोजकले जनएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाको प्रमुख आतिथ्यता तथा पूर्वाञ्चल विश्वविद्यालयका डिन शैलेशमणि पोख्रेल र रजिस्ट्रार प्रा.डा.कल्याणी त्रिपाठीको आतिथ्यतामा शिविरको उद्घाटन भएको थियो ।
उद्घाटन कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्य रञ्जन ओझा, डीन डा. कोमलप्रसाद दुलाल, समाजसेवी तेजप्रसाद सिटौला, वडा नं. ७ का वडाध्यक्ष भुवन सिंह मगरलगायतको उपस्थिति रहेको थियो ।
बेलगाछी टोल विकास संस्थाका अध्यक्ष नरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम गणेशपुर टोल विकास संस्थाका अध्यक्ष मातृकाप्रसाद दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो । स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमको सञ्चालन कृष्णकुमार कटुवालले गर्नुभएको थियो ।
पूर्वाञ्चल विश्वविद्यालय मेडिसिन स्कुल तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ९ का गोठगाउँ विश्वविद्यालय टोल विकास संस्था, पचहत्तर बिघे–कामत टोल विकास संस्था, चन्द्र सूर्य टोल विकास संस्था, सिर्जना टोल विकास संस्था, श्री शिवपाञ्चायन मन्दिर, गोठगाउँ, नेशनल हेल्थ केयर प्राइभेट लिमिटेड लगायत विभिन्न संस्थाहरुको सहकार्य रहेको थियो ।







