विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा पुस १७ गतेदेखि १९ गतेसम्म ‘दोस्रो उपमेयर कप अन्तर–पालिका स्तरीय महिला भलिबल प्रतियोगिता’ हुने भएको छ ।
सिद्धार्थ युवा समाज क्लब सुन्दरहरैंचा ६ को आयोजना तथा सुन्दरहरैंचा नगरपालिका खेलकुद विकास समितिको मुख्य सहयोगमा सुन्दरहरैंचा–७ स्थित गछिया खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि पुस गतेसम्म टिम दर्ता गर्नुपर्ने जनाइएको छ ।
सो प्रतियोगितामा पहिलो हुने टीमले ट्रफिसहित नगद १ लाख २५ हजार, दोस्रो हुनेले नगद ६२ हजार ५ सय र उत्कृष्ट खेलाडीलाई नगद २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।







