विराटचोकः साताको तेस्रो कारोबार दिन आज सेयरबजार सामान्य अङ्कले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.१२ प्रतिशत अर्थात ३.२७ अङ्कले बढेर २ हजार ५८४.४९ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३२८ वटा कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ उपसमूह मध्ये ६ वटा उपसमूहमा रातो पोतिएको छ । आज अन्य समूह सर्वाधिक अर्थात् १.२८ प्रतिशतले बढ्दा जीवन बीमा समूह सर्वाधिक अर्थात् ०.७९ प्रतिशतले घटेको छ ।
आज एसवाई प्यानलको सर्वाधिक ३० करोड ९८ लाख १७ हजार ३०८ रुपैयाँको शेयर कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य सर्वाधिक अर्थात ७ दशमलव ०१ प्रतिशतले बढेको छ । सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक अर्थात् ५.९७ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ३९ अर्ब ८५ करोड ४५ लाख ९७ हजार ३४९ रुपैयाँ कायम भएको छ ।







