विराटचोकः आज पनि सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । हिजो कायम भएको सुन र चाँदीको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ५ हजार ५०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेर नयाँ रेकर्ड बनिएको हो । आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यो नै हालसम्मको उच्च मूल्य हो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ४ हजार २५५ रुपैयाँमा किनबेच भएको छ । चाँदीको सो मूल्य पनि हालसम्मकै उच्च हो ।
हिजो सुनको भाउ तोलामा ३ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १३० रुपैयाँ बढेको थियो ।







