ललितपुरः छोटो समयमा इ–कमर्स क्षेत्रमा ठूलो कारोबार गरिरहेका ललितपुरमा जन्मिएका अजर राजभण्डारी विश्वचर्चित म्यागजिन ‘फोर्ब्स’ को ३० वर्षमुनिका ३० प्रभावशाली युवाको सूचीमा परेका छन् ।
सो पत्रिकाको ‘रिटेल एन्ड इ–कमर्स २०२६’ विधामा छानिएका उनी सन् २००१ देखि अमेरिका बस्दै आएका छन् । त्यहाँ ‘हर्ड’ नामक कम्पनी चलाउने उनले यो कम्पनी करिब डेढ वर्षअघि शुरू गरेका हुन् । हर्डले विभिन्न इनोभेटिभ ब्रान्डहरू डिजाइन, उत्पादन तथा बिक्री गर्दै आएको छ । यसले अमेजन, वालमार्ट, टार्गेटजस्ता ठूला इ–कमर्स र रिटेल प्लेटफर्ममार्फत आफ्ना उत्पादनहरू बिक्री गर्छ ।
हर्डको कारखाना भने चीनमा छ । सो कारखानाबाटै विभिन्न सामान उत्पादन हुने र त्यसपछि इ–कमर्स प्लेटफर्ममार्फत् बजारमा बिक्री हुने गरेको छ । कम्पनीले शुरुदेखि नै एआई प्रविधिमा ठूलो लगानी गर्दै आएको छ । सप्लाई चेन (आपूर्ति शृङ्खला), कस्टमर सपोर्ट (ग्राहक सेवा), डेटा एनालाइसिस (तथ्याङ्क विश्लेषण) लगायतका काम कृत्रिम बुद्धिमता (एआई) बाट हुने गरेको छ ।
२७ वर्षीय अजर नेपालको बजारमा पनि इ–कमर्स बजार विस्तार गर्ने सोचमा हुनुहुन्छ ।







