विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको थियो ।







