Thursday, December 18, 2025
Homeकला र साहित्यशुक्रबार ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम आयोजना गर्ने

शुक्रबार ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम आयोजना गर्ने

विराटचोकः हालै स्थापना भएर साहित्यिक गतिविधिमा क्रियाशील कोसी साहित्य–कला परिषद् नेपालले नयाँ कार्यको थालनी गर्ने भएको छ । जसअनुसार सिर्जनशीलतालाई विकसित गर्दै साहित्यलाई गाउँ गाउँसम्म पुर्याउने उद्देश्यले ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम सञ्चालन गरिने भएको हो ।

परिषद्का अध्यक्ष केशु विरहीका अनुसार कृषक र कृषिकर्मसँग मात्र सम्बन्धित रचनाको वाचन तथा विमर्शसहितको कार्यक्रम गर्न लागिएको हो । गाउँगाउँमा पठन संस्कृतिको विकासका लागि आफूहरूले यस प्रकारको कार्यक्रम शुरु गरेको संस्थाका अध्यक्ष केशु विरही बताउनुहुन्छ । साहित्यका पाठक बजारमा भन्दा गाउँमा बढी छन् भन्ने धारणाअनुसार साहित्यलाई गाउँ गाउँसम्म पुर्याउन अभियान थालिएको उहाँको भनाइ छ ।

सिर्जनशीलताको विकास गर्दै हरेक समुदायमा साहित्यका पाठक बढाउन गरिएको पहिलो प्रयास सफल भएमा निरन्तरता दिने र अन्य समुदाय लक्षित कार्यक्रम पनि सञ्चालन गर्ने विरही बताउनुहुन्छ । गुणात्मक कार्यक्रम मात्र गर्ने योजना बनाएको परिषद्ले पुस ४ गते शुक्रबार मोरङको रङ्गेली नगरपालिका –१, बबियाविर्ता, मोरङमा कृषिकर्मसँग संलग्न रहेका रचना मात्र वाचन गर्ने कार्यक्रम राखेको हो

परिषद्का सचिव नवराज पोखरेल ‘नवशिला’ का अनुसार सो दिन कृषि र साहित्यबीचको अन्तरसम्बन्ध विषयमा र वाचन गरिएका रचनामाथि समीक्षकहरूको टिप्पणीसमेत रहने भएको छ ।

कार्यक्रमको सहआयोजक संस्था रङ्गेली साहित्य कला समाजका सचिव चिरञ्जीवी काफ्लेका अनुसार कृषिकर्म तथा कृषकसँग सम्बन्धित कार्यक्रम भएकाले गाउँघर सुहाउँदो बनाउने प्रयास गरिएको छ । जसअनुसार कार्यक्रमस्थलमा कुर्सी नराखी भुइँमै बसेर कार्यक्रम गर्ने र किसानले नै बनाएको खाजा प्रयोग गरिने भएको छ ।

मङ्सिर १३ गते बेलबारी बहुमुखी क्याम्पसमा एक औपचारिक कार्यक्रम गरेर संस्थाले पहिलो पटक सार्वजनिक कार्यक्रम गर्दै साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्वमाथि विमर्श गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments