Wednesday, December 17, 2025
Homeकला र साहित्यराष्ट्रिय झण्डा दिवसको अवसरमा धरानमा प्रभातफेरि, साङ्गीतिक कार्यक्रम तथा सम्मान

राष्ट्रिय झण्डा दिवसको अवसरमा धरानमा प्रभातफेरि, साङ्गीतिक कार्यक्रम तथा सम्मान

धरानः राष्ट्रिय झण्डा दिवसको अवसरमा मङ्गलबार धरानमा प्रभातफेरि हुनुका साथै साङ्गीतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शाक्यमुनि युवा समुहको आयोजनामा धरान उपमहानगरपालिका गेटबाट भानुचोक स्थित लोकतान्त्रिक चौतारी ट्याक्सी स्टेण्डसम्म प्रभातफेरि भएको थियो । लोकतान्त्रिक चौतारीमा साङ्गीतिक कार्यक्रम तथा सम्मान कार्यक्रम भएको थियो ।

नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले राष्ट्रिय झण्डाको महत्व बुझाउन दिवस मनाइएको बताउनुभयो । संयुक्त राष्ट्र संघबाट नेपालको राष्ट्रिय झण्डाले मान्यता पाएको दिनको अवसरमा दिवस मनाउनुका साथै धरानका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

गायक दीप श्रेष्ठ, समाजसेवी सरला कायस्थ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवं वरिष्ठ वैज्ञानिक डाक्टर प्रा.डा. सञ्जीव शर्मा, नेपाल सरकारका उपसचिव लोकमान श्रेष्ठ, गायक सुमित खड्का, नेपाली सेनाका पूर्व सहायक रथी शशिकिरण रायमाझी, श्रीलंकामा कास्य पदक विजेता राष्ट्रिय बक्सिङ खेलाडी सिंहविर लिम्बूलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments